नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले आज फागुन ८ गते मंगलवार आव्हान गरेको नेपाल बन्द कारण दिनभर अर्घाखाँची जिल्लाभरको जनजिबन प्रभाबित भयो । साँझ बन्द खुलेसँगै जनजिबन सामान्य बन्दै गएको छ । 
बिहानैदेखि सन्धिखर्क देखि बाहिर जाने र आउने सवारीसाधन ठप्प रहेका थिए । सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका गाउँ-गाउँका  सबै पसलहरु पनि बन्द रहे ।
उता अचम्मको कुरा त के भने नेपाल कम्युनिष्ट पार्टीका बन्द कार्यकर्ताहरु आज दिनभर जिल्लाका कुनै पनि ठाउँमा बजार, पसल बन्द गराउन हिंडेका देखिएनन् ।   सन्धिखर्क बजार लगायत जिल्लाभर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 
Related image
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला सेक्रेटरी खिम घर्तीले हिजो निकालेको एक विज्ञप्ती अनुसार आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा नेपाल बन्दको आव्हान गरेको बताइएको थियो । 
यस्तै विज्ञप्तीमा नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि बन्दको घोषणा गरेको बताइएको थियो । नैतिकताहिन धरपकड रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विना शर्त मुक्त गर्न ओली सरकारसँग  माग गरिएको छ । 
Image result for सन्धिखर्क बन्द arghakhanchi
Image result for सन्धिखर्क बन्द arghakhanchi