शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ

मिति २०७४/११/१० गते रातको करिब ११:३० बजेको समयमा जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १० बर्रे भन्ने स्थान बाट कपिलबस्तु तर्फ जादै गरेको लु.१ ख. ८१८९ नं.को ट्रकमा लोड गरेको अवस्थामा २४ थान अन्दाजी २/३ बर्ष पुराना सालका चिरान काठ जम्मा २४.६५३ क्यु.फिट र उक्त ट्रक र हिरो होण्डा सुपर स्पिलिन्डर मो.सा.थान १(लु.२० प.२३०७) समेत जिल्ला प्रहरी प्रहरी कार्यालयको निर्देशनमा ईलाका प्रहरी कार्यालय ठाडाले बरामद गरी ईलाका वन कार्यालय ठाडामा बुझाईएको  छ।

प्रेम नारायण आचार्य 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची शितगंगा नगरपालिका १० बर्रेबाट अवैधरुपमा लैजाँदै गरेको एक ट्रक काठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
बिहीबार राति लु.१.ख. ८१८९ नम्बरको ट्रक प्रहरीले चेकजाँच गर्दा २/३ वर्ष पुराना सालका चौपट चिरन समेत गरी २४.६५३ क्यु.फिट काठसहित ट्रक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिप डिसीले जानकारी दिए।
अवैध काठ लैजाने सितगंगा नगरपालिका ४ बस्ने ट्रक चालक २२ वर्षीय गोपाल विक, शितगंगा १२ का १८ वर्षीय मनीराम सुनार, शितगंगा १० का २७ वर्षीय केशव बेल्वासे, ३५ वर्षीय माधव बेल्वासे र वर्ष ३१ का बिष्णु बेल्वासेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठ नियन्त्रणमा लिई कारबाहिका लागि सेक्टर बन कार्यालय डोहोटेमा पठाइएको प्रहरीको जनाएको छ।