सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न भएको छ । निस्वार्थभावले क्यान्सर रोगको निवारण गर्न जनचेचतना दिने र आफ्नो ठाउबाट लाग्ने निर्णय गर्दै सभा सम्पन्न भएको हो ।  
आठौं जिल्ला सभाले पुन: पिताम्बर बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको निर्बिरोध चयन गरेको छ । जसमा उपाध्यक्षमा दोर्ण प्रसाद भुसाल, नारायण प्रसाद पौडेल, सचिबमा कुशल भुसाल कोषाध्यक्षमा राजेन्द भुसाल रहेका छन् । यस्तै नवनिर्बाचित सदस्य हरुमा श्रीकृष्ण भुसाल ,नेत्र प्रसाद भुसाल,लिलाराम गौतम ,बिजुला रायमाझी ,कृष्ण प्रसाद बन्जाडे ,शान्ता खत्री ,सहयोगी बि. सि. रहेका छन् ।
अधिबेशनको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियो।अधिबेशनको उदघाटन गर्दै निस्वार्थ रुपमा क्यान्सर पिडित रोगिको सेवामा खटेको संस्थालाई आबश्यक सहयोग गर्ने तथा भबन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयास गरिने बताए । 
सो अधिबेशनलाई सल्लाहकार सदस्य मुकुन्दराज आचार्य ,हिम बहादुर लेकाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 
अधिबेशनले संस्थाका आजिबन सदस्य तथा नगर प्रमुख कमल प्रसाद भुसाल संयोजक मुकुन्दराज आचार्य ,हरि प्रसाद भुसाल ,दुर्गा प्रसाद भुसाल ,सुर्य बहादुर खनाल ,हिम बहादुर लेकाली सदस्य रहेको सल्लाहकार समितिको समेत गठन गरेको छ।
पिताम्बर बन्जाडेको अध्यक्षता ,नारायण पौडेल को स्वागत मन्तब्य र कुशल भुसालको संचालनमा सम्पन्न भएको थियो।