ढिकुरामा स्व• खिम प्रसाद भट्टराई स्मृति छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड न ९ साबिकको ढिकुरा गाबिस वार्ड न ३ पिहाले निवासी स्व. खिम प्रसाद भट्टराईको सम्झनामा स्थापना गरिएको स्व•  खिम प्रसाद भट्टराई स्मृति छात्रवृत्तिलाई  उहाँको १२ औ पुण्य तिथिको अवसरमा एक  कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । 
भुमिकास्थान नगरपालिकाको वार्ड न•९ स्थित  श्री शारदा माबिको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता ढिकुरा नमुना युवा परिसदका कार्यबाहक अध्यक्ष तथा स्थानिय समाजसेवी  दिपक चुदालीले गर्नु भएको थियो । 
सो कार्यक्रमका प्रमुख  अतिथि एव वार्ड सदस्य तथा पुर्व बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष देवी प्रसाद पोख्रेल, सो बिदध्यालयका प्रधानाध्यापक बिश्नु अधिकारी, तथा नारायण घिमिरे लगायतले मन्तब्यको क्रममा स्व• भट्टराईको स्मरण गर्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।
बिध्यार्थीहरु,स्थानिय बुद्धिजीवीहरु तथा शिक्षक अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा स्व. खिम प्रसाद भट्टराईको ब्याक्तीत्व र उहाको समाजप्रतिको चिन्तनकोबारेमा चर्चा परिचर्चा गरिएको थियो ।
कार्यक्रमकै क्रममा स्व खिम प्रसाद भट्टराईको स्मरण गरिएको थियो भने श्रद्धान्जली तथा तस्बिरमा अबिर लगाउदा कार्यक्रममा उपस्थित सबै भावुक देखिएका थिए ।
 
स्व खिम प्रसाद भट्टराईको पुन्यतिथिको अवसरमा आयोजित सो कार्यक्रममा उहाका सुपुत्र हाल काठमाडौ निवासी बरिस्ठ कृषि बैज्ञानिक डा ध्रुबराज भट्टराई द्वारा आफ्ना पिताको स्मृतिमा स्थापित सो छात्रवृत्ति कार्यक्रमलाई भुमिकास्थान नगरपालिका ९ मा कृयासिल ढिकुरा नमुना युवा परिसद मार्फत सम्पन्न गर्न जिम्मेवारी दिनुभएको थियो । 
सो छात्रवृत्तिलाइ अति जेहेन्दार दुई जना बिध्यार्थीहरु जस्मा कक्षा १० कि दीक्षा भट्टराई र कक्षा ७ का आशिष पोख्रेललाई छात्रवृत्तिको लागि उपयुक्त ठानी जनही ३००० रुपैया तथा प्रमाणपत्र प्रदान गरिएको छ । स्व खिम प्रसाद भट्टराईको स्मृतिलाई जिवन्त राख्न परिसदलाई प्रदान गर्नुभएको छात्रवृत्ति कार्यक्रमको लागि उहाका सुपुत्र डा. भट्टराईलाई उपस्थित सबैले मुक्तकन्ठाले प्रशंसा गरेका छ्न ।
सस्थाका अमृतहरि घिमिरेले सन्चालन गर्नुभएको सो कार्यक्रमको स्वागत मन्तब्य अर्जुन घिमिरेले गर्नुभएको थियो ।
स्व• भट्टराई प्रति हार्दिक श्रद्दासुमन !!
समाचार सम्प्रेषण :- स्थानिय सहकर्मिको सहयोगमा भुवन केसी कतार ।