सहयोगी बि.सी.
चुत्राबेशी, अर्घाखाँची १५ फाल्गुन । नेपाल मगर संघ अर्घाखाँची सन्धिखर्क नगर कमिटिको आयोजनामा३६ औं मगर दिबस विविध कार्यक्रम सहित सन्धिखर्क चुत्राबेशीमा मनाइएको छ।
पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका भेषभुषा सहित सयौं मगर दिदिबहिनी दाजु भाइको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।
मगर संघ सन्धिखर्क नगर कमिटी अध्यक्ष बिन बहादुर घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न बक्ताहरुले मगर समुदाय अत्यन्तै सोझो इमान्दार रहेकोले देश बिदेशका हरेक सुरक्षा निकाएमा सहभागी भै आफ्नो कर्तव्य पालमा उल्लेखनीय भुमिका निर्बाह गरेको उल्लेख गर्दै समयानुकूल शिक्षा ,स्वास्थ्य ,खानपिन ,लगायतका कुराहरूमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो।नेपाल चारजात छत्तिस बर्णको फुलबारी भएकोले हरेक जाती जनजातिले आफ्नो पहिचान जोगाएर राख्नुपर्नेमा जोड दिएका थिए।
संघका जिल्ला सल्लाहकार खिम घर्तिमगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चुरा बहादुर घर्तिमगर ,पुनम घर्तिमगर,सीता जिएम ,दिपिका सारु ,कर्ण आले ,हरि थापा ,बसन्ता सारु ,पत्रकार सहयोगी बि. सि. लगायतले बोल्नु भएको थियो।
चुत्राबेशी प्रगति बजारमा बनाइएको विशेष मंचमा भएको कार्यक्रममा मगरभाषाका गित तथा सालैजो भाकाका गितमा दिनभर नाँचगान र रमाइलो गरिएको थियो।
मगर समुदायको आफ्नो परिकार सेल,रोटि,ठकनी रोटि बटुक,र अचार परिकार बनाएर सबैले खाँदै रमाइलो गर्दै गरेका थिए ।
सो कार्यक्रम हेर्न अन्य समुदाय हरुका महानुभावहरुले पनि बडो चाख दिएर हेरेका थिए।कार्यक्रम इन्द्र बहादुर गेलेनमगरको संचालनमा सम्पन्न भएको थियो।