झविन्द्र बेल्वासे
केहि समय यता सामाजिक संजालहरुमा स्थानीय तहको अनियमितता भ्रष्टाचार र लापरबाही जस्ता शब्दहरुले ब्यापक चर्चा पाएका छन ।जुन कुरा देश अथवा बिदेशमा रोजिरोटिका लागि मुलुक बाहिर रहने धेरै साथिहरुको चिन्ता र चाँसोको विषय बनेको छ ।अहिले राज्यको चौथो अङ्ग एकदमै सकृय रहेको छ किनकी जब जब स्थिर सरकार आउँछ संचारका माध्यम पनि बलिया बन्दै जान्छन यो बस्तबिकता हो तर बलिया यो अर्थमा हुनुपर्दछ जब सत्य तथ्यमा टेकेर समाचार संप्रेसण गरिन्छ र उक्त प्रभावले कानुनी शासनको प्रत्याभूति दिन सक्छ ।
स्थानीय निर्वाचन सम्पन्न भएपछि धेरै आसा हैन कमसेकम बिकास हुन्छ है भन्ने लाटो अनुमान लगाउने कित्त्ताको म पनि एक हुँ। तर हालको गतिविधि देख्दा अलि निराशाकोअनुभुति हुँदै गएको छ ।
हाल सितगंगा नगरपालिकामा स्थानिय सरकारका प्रतिनिधि नै ठेकेदारी भए भन्ने समाचारले तहल्का पिट्यो फेरि लगतै सरकारी जग्गा अतिक्रमण गरि हैकम जमाउन थालेको दुखद समाचार राष्ट्रिय मुलधारे पत्रिकामार्फत आएको छ त्यस्तै बिदेशमा बस्ने स्थानिय एक युबा ले पनि सिधा कुरा जनता सँग टेलिभिजन को पर्दामा समेत जनसरोकार लाई प्रस्तुत गरेका छ्न ।
बास्तबमा नेपाल भ्रष्टाचार गर्ने मुलुकमा अब्बल दर्जामा रहेको कुरा त सर्बबिदित नै छ र भ्रस्टाचारको जुन रुपमा कारक तत्व राजनितिक अस्थिरता भन्ने गरिएको थियो अब उक्त प्रश्नमाथि पनि प्रश्न थपिएको छ । अहिलेको प्रमुख समस्या भनेको स्थानिय निर्बाचनमा जुन रुपमा चुनाब जित्न पैसाको प्रयोग भयो उसैको परिणामस्वरूप अहिले अनियमितता का सबाल हरु उठेको सहज अनुमान गर्न सकिन्छ ।
अर्को कुरा स्थानिय जनप्रतिनिधि जनताका समस्या हरुलाई बुझेर काम गर्ने प्रारम्भ बिन्दुमै दाग लागेको हो कि भन्ने चिन्ता पनि छ ।
हुनत बिदेशमा बसेर स्थानिय सरोकारका मुद्दाहरुमा लाहुरे बुद्दीले तर्क बितर्क गर्न हुँदैन भन्ने बुज्रुक हरु पनि हुनुहुन्छ तर आजको बिश्व एउटा मोबाइल मा अटेको छ जहाँ बसेपनि मन र बिचार को साटासाट निरन्तर भइरहेकै हुन्छ ।जसको उदाहरण सितगंगा नगर पालिकाकाबाट बिदेशमा रहने युबा हरुको शैक्षिक र अन्य क्षेत्रमा गरेको सहयोग लाई पनि देख्न सकिन्छ ।
वास्तवमा बिकास अनियमितता मात्रै रोकियो भने बिस्तारै फड्को मर्ने हो ।जुन कुरा हाल म रहेको देश जुन मुलुक लाई हाम्रो देशले ६ दशक अगाडि खाद्यान्न सहयोग गरेको थियो अर्थात यहाँ व्यापक गरिबी थियो ।हो अहिले उक्त कुरा मैले बुझाई राख्नु पर्दैन होला करिब एक दशक भन्दा बढी समय यहि मुलुकमा बिताउनु भएका हाम्रै वडा अध्यक्ष ले पनि धेरै बुझ्नु भएको र यहाँको बिकासको नमुनाको प्रत्यक्षदर्शी उहाँ पनि हुनुहुन्छ ।
अब बिषयबस्तु लाई बङ्याउदै फेसबुकमा पक्ष वा बिपक्ष बनेर सत्तोसराप गर्नु भन्दा पनि वास्तविक तथ्य्तामा टेकेर कानुनी उपाय खोज्नु पर्ने बेला आएको छ । यदि वास्तविक कुरा समन्धित पक्षले जनता सँग बुझाउन सकेमा र आफुहरु निर्दोश भए कुनै भय लिनुपर्ने र मानहानि भयो भन्दै फेसबुकमा कोकोहलो गर्नु आवश्यक छैन । अब खास विषय लाई बङ्याउदै पक्ष विपक्ष भन्दापनि सत्य तत्य मा बिरोध र समर्थन गर्नु आवस्यक छ । जन प्रतिनिधि लाई खबरदारी गर्नु आफ्नो क्षेत्रमा भएका गतिबिधी बारे बुझ्न पाउनु बिदेशमा रहनेको पनि हक हुन्छ तसर्थ समन्धित निकाय ले अन्तर्कृया गरेर स्पष्टीकरण गर्नु र बिधिसम्मत समस्याको हल गरि प्रष्ट हुनु जरुरी छ ।जसले गर्दा भ्रम या यथार्थलाई चिर्न सकियोस ।