अर्घाको धरमपानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

प्रेम नारायण आचार्य
धरमपानी, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई नेपालकै नमुना  बनाउने गरि काम भैरहेको जानकारी दिनु भयाे । 
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले मन्तब्य राख्दै कानुनको ज्ञानबाट स्थानीयलाई जानकार गराई झैझगडा अन्त्य गर्न तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । 
कार्यक्रममा डाक्टर कपिल गाैतम, अधिबक्ता केवी भुसाल , शाखा अधिकृत गाेविन्द केसी लगायतले सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा एक सय ५० जन महिलाको सहभगीता रहेको थियो । 
कार्यक्रम वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीकाे अध्यक्षता, वडा सचिव अरुण अाचार्यकाे सञ्चालन र वडा सदस्य शान्ता नेपालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।