जनचेतना सरोकार मञ्च अर्घाखाँचीको एक दिने अवलोकन अनुगमन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

विनोद गैरे 
सन्धिखर्क, अर्घाखाँची । जिविकोपार्जन तथा सशक्तिकरण परियोजना एल.ई.पी अन्र्तगतको जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजना र अक्फार्मको सहयोगमा १ दिने संयुक्त अवलोकन तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाको वडा नं. ८ किमडाँडा पन्थीकाचौर स्थित समुन्नती महिला कृषि सहकारी संस्था, भूमिकास्थान नगरपालिकाको वडा नं. १ र २ ढाकावाङ्गको प्रगतिडाँडा कृषक महिला समुह र भूमिकास्थान नगरपालिका कै वडा नं. ३ र ४ धारापानीको सशक्तिकरण महिला कृषि सहकारी संस्था लि.का कृषकहरुको लागि संस्थाले जिविकोपार्जन तथा सशक्तिकरणका लागि संचालन गरेका विभिन्न परियोजनाहरु अवलोकन गरिएको थियो ।
तत्कालै सामान्य जिविकोपार्जनको लागि कृषि नै उत्तम विकल्प भएकोले जनताहरुलाई कृषिमा आर्कषित गर्दै कृषिवाट आत्मनिर्भर वनाउनको लागि संस्थाले सिमेन्ट पोखरी निर्माण, पलाष्टिक टनेल निर्माण, सहकारीको व्यवस्थापनको लागि सहकारी तालीम, महिला सहकारीको माध्ययमवाट महिलाहरुको नेतृत्व विकास, महिला शसक्तिकरणका लागि छलफल तथा व्यवसायीक खेती तर्फ सहकारीको लगानीका विषयमा गरेका क्रियाकलापहरुको अवलोकन गरिएको थियो ।
अवलोकनमा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषी पुलामी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, भुमिकास्थान नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष भोजराज खनाल, भुमिकास्थान नगरपालिका वडा नं.–२ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, भुमिकास्थान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बाबुराम सुनार, भुमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य शान्ता खनाल, जिल्ला समन्वय समितिका नि. जिल्ला समन्वय प्रमुख भोजराज ताम्राकार, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेल, जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत नन्दलाल पाण्डे, जिल्ला बन कार्यालयका रेन्जर सुमन पाण्डे, सन्धिखर्क नगरपालिका ८ का वडा सदस्य कमल पराजुली, नेपाल पत्रकार महसंघका कोषाध्यक्ष विनोद गैरे, गैर सरकारी संस्था महासंघका ठाकुर अधिकारी, जनचेतना सरोकार मञ्चका अध्यक्ष टेकराज गौतम लगायको उपस्थिती रहेको थियो । 
विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रमहरुमा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषी पुलामी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेल लगायतले सहकारी संस्थाहरुले सदस्यहरुवाट उठाएको रकमलाई व्याज आर्जनमा लगानी गर्नुभन्दा कृषि तथा पशुपालनमा लगानी गरेमा सहकारीको विकास संगै सहकारीका सदस्यहरुको आर्थिक समृद्धि हुने हुँदा कृषि तथा पशुपालनमा लाग्न सुझाव दिदै संस्थाले गरेका रचनात्मक कृयाकलापहरुको प्रशंसा गर्नुभएको थियो । 
संस्थाका कार्यक्रम संयोजक युवराज ज्ञवालीले संस्थाले गरेका कार्यक्रम र भावी योजनाका वारेमा जानाकारी गराउनुभएको थियो ।