सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । उद्योग वाणिज्य संघ अर्घाखाँचीको आयोजनामा केयुविके अन्र्तगत समुह सहकारीका किसानहरुलाई उत्पादित भएको विउको रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
जिल्लामा रहेका ३५ समुह सहकारीका सदस्यहरुलाई चेक मार्फत रकम वितरण गरिएको हो । ३५ सहकारीलाई २० लाख ३६ हजार ८ सय ६१ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कृषकले उत्पादन गरेको विउ उद्योग वाणिज्य संघ मार्फत लुम्विनी सिड कम्पनीलाई बिक्री गरिएको थियो । कृषकहरुले मकै, धान, लगायतका विउ बिक्री गरेका हुन ।
उद्योग वाणिजय संघका महासचिव नेत्र प्रसाद भुसालको अध्यक्षता केयुविकेका सल्लाहकार वावुराम चुदालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला विउ उत्पादन सञ्जालका अध्यक्ष विष्णु भक्त राना, केयुविके विउ उत्पादन विभागका हिराबहादुर सेन, कृषक गणेश वञ्जाडे, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकालीले मन्तव्य राख्दै जिल्लाई विउमा आत्म निर्भर बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
ठूलापोखरा वहुउद्देश्यीय कृषक समुहकी उमा वञ्जाडेले १ लाख ८८ हजार को विउ विक्री गरि पहिलो बन्नु भएको छ ।