भारतको उत्तरी झारखन्डमा गाईको मासु ओसार-पसार गरेको भन्दै मुसलमान व्यापारीको हत्याको अभियोगमा ११ जनालाई सजाय


भारतको उत्तरी झारखन्ड राज्यमा अदालतले मुसलमान व्यापारीको हत्याको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
गाईको मासु ओसार–पसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई कुटपिट गरी मारिएको थियो ।
भारतमा केही वर्षयता मासुको व्यापार गर्ने मुसलमानहरूमाथि आक्रमण हुँदै आएको भएपनि गौ रक्षासम्बन्धी मुद्दामा आरोपितलाई दोषी ठहर्‍याएको यो पहिलोपटक हो ।
अन्सारीको हत्याको अभियोगमा १२ जनालाई समातिएको थियो । तर, अदालतले बाह्रौं अभियुक्तलाई नाबालक भनेर सजाय सुनाएन ।
सन् २०१४ मा हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टी सत्तामा आएपछि गौ रक्षाका लागि विभिन्न समूहलाई प्रोत्साहन दिने गरिएको छ । हिन्दूहरू गाईलाई पवित्र जनावार मान्छन् । (एजेन्सी)