पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा


स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ ।
अरु आठजनासहित ती नेताविरुद्ध स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ ।
पाँचजना पृथकतावादी नेता सुनुवाइ पूरा नभइ भाग्न सक्ने जोखिम रहेको भन्दै अदालतले नै हिरासतमा लिएको हो ।
सर्वोच्च अदालतले यस्तो आदेश दिएपछि बार्सिलोनामा भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
स्पेनी अधिकारीहरूले खोजी सूचीमा राखेका दुई पृथकतावादी नेता बेल्जियम र स्वीट्जरल्याण्डमा निर्वासनमा छन् ।
अदालतको यस कदमले क्याटलन स्वतन्त्रता अभियानमा ठूलो धक्का लागेको बताइएको छ ।
अदालतको आदेशप्रति हजारौं क्याटलन पृथकतावादीबाट आक्रोशित हुँदै सडक प्रदर्शनमा उत्रिएका छन् ।
यसैबीच पूर्व क्याटलन सरकार प्रमुख कारलस पुज्डमोनले स्पेनलाई लोकतन्त्रविरोधी र युरोपका लागि लज्जा भएको प्रतिक्रिया दिएका छन् ।
पुज्डमोनसहित निर्वासनमा रहेका पाँचजनाविरुद्ध पक्राउ आदेश जारी गरिएको छ । (एजेन्सी)