मिती २०७४ -१२- १३ गते अर्घाखाँचीडट्कममा प्रकासित ग्रीन ईंग्लिश बोर्डिङ स्कूल सम्बन्धी समाचार प्रति हाम्रो गम्भिर ध्यानाआर्कषण भएको छ।
उक्त सन्धिखर्क चुत्राबेसीमा सन्चालनमा रहेको निजी स्कूलको बातावरण दुर्गन्धित भएको रहेको र स्कूल प्रशासनले कुनै ध्यान नदिएको बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्ने खालको समाचार प्रति स्कूलको गम्भिर ध्यान गएको हुँदा र त्यस्तो भने जस्तो र लेखे जस्तो कुनै नराम्रो अबस्था नदेखिएकोले उक्त समाचारको कुनै तुक नरहेको जानकारी सहित उक्त समाचार २०७४-१२ -१४ गते नै साइडबाट हटाएको छ।
अर्घाखाँचीडट्कममा प्राबिधिक र त्रुटीबस सम्प्रेसित समाचार प्रती खेद प्रकट गर्न चाहन्छ । अर्घाखाँचीडट्कले कुनै निजी स्वार्थ र फाईदा र दबाबमा आएर र कुनै स्कूल संस्था व्यक्तिको चरित्र हत्या गर्ने संस्थाको गरिमालाई आघात पुराउने आच र ठेस पुराउने उदेश्य नरहेको ब्यहोरा जानाकारी गराइन्छ ।
स्कूलको सम्पूर्ण दैनिक कृयाकलाप पठन पाठन सबै बाताबरण अब्बल रहेको देखिएको र आगामी दिनहरुमा पनि स्कूलको प्रगती र सफलताको कामना गर्दछौ । – अर्घाखाँचीडट्कम परिवार ।