हंसपुरको रतनमारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न, काम नगरे रकम नपाईने प्रमुख प्रशासकियको चेतावनी

अर्घाखाँचीडट्कम संवाददाता 
रतनमारे, अर्घाखाँची । सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम आज मालारानी गाउँपालिका अर्घाखाँचीको रतनमारेमा सम्पन्न भएकोे छ । 
मालारानी गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत जनक राज पन्थीले गाउँपालिकाले विनियोजन गरेको वजेटको निगरानी गर्ने जिम्मेवारीवाट सम्वन्धीत वडावासीहरु पन्छिन नहुने भन्दै कहि कतै अनियमित्ता भएको भए आफुलाई जानकारी दिन आव्हान गर्नु भएको थियो । पन्थीका अनुसार गरिएको काम भन्दा बढी एक रुपैया कसैले भुक्तानी मागेमा  जस्तो सुकै दवाव आएपनि आफुले भुक्तान नगर्ने जानकारी गराउनु भएको थियो ।
सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले विषयवस्तुमा प्रवेश गर्ने क्रममा नागरिक यो देशको मालिक अनी कर्मचारी र जनप्रतिनिधी नागरिक एवंम देशका सेवक भएकाले आफुले तिरेको करवाट कहाँ के भईरहेको छ भन्ने जिज्ञासा मेटाउन सूचनाको अधिकार मालिकहरुका लागि सबैभन्दा उत्तम कानुनी औजार भएको बताउनु भएको थियो । कार्यक्रम सन्चालक एवंम वडा सचिव कमल प्रसाद पोख्रेलले कार्यक्रम सन्चालन गर्दै गर्दा मुलुकमा विशेष गरि सामाजिक सुरक्षा भत्तामा अनेकौ आशंखा गरिएको तितो अनुभव सहित आफु कार्यरत वडामा यस सम्वन्धमा निगरानी राख्न सहभागिहरुलाई आव्हान गर्नु भएको थियो ।
स्थानिय राम वहादुर खड्काको स्वागत मनत्व्य रहेको सो कार्यक्रमका सभापती तथा वडा अध्यक्ष नारायण प्रसाद अर्यालले आफनो मनत्व्य राख्ने क्रममा आफु ५ बर्षका लागि जनताको सेवा गर्न निर्वाचित भएको कारण सत्तापक्ष र  विपक्ष भन्ने कुरा आफुलाई जानकारी नभएको बताउनु भएको थियो । गुनाशो पेटिका अनी निर्वाचिन जनप्रतिनिधीहरुको फोटो सहितका नामावली प्रकाशन गरेका अर्याल समाजका लागि केहि गरौ भन्ने सोचका व्यक्ति हुन ।
 स्थानिय लालु राना,इन्द्रलाल रेग्मी र डिल वहादुर खत्रीले कार्यक्रमको प्रशंसा गर्नु हुदै सूचनाको हकलाई सबैले व्यवहारमा उर्तानु पर्ने भनाई राख्नु भएको सो कार्यक्रममा आयोजक संस्था सिआईजीले वडा कार्यालय, विधालय, प्रहरी चौकी लगायत करिव एक डर्जन ब्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।