सन्धिखर्क ३ मा बृद्धबृद्धाहरु तथा अपाङ्ग ब्यक्तिहरुलाई सम्मान, नगर क्षेत्रको बिकासले तिब्रता लिएको भुसालको भनाई (भिडियो, तस्बिर सहित)
चैत्र २२ गते, २०७४ मा प्रकाशित
सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगर क्षेत्रको बिकासले तिब्रता लिएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ ले अायोजना गरेको ८० बर्ष माथिका बृद्धबृद्धाहरु तथा ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तिहरुको सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले नगरपालिका भित्र शिक्षा स्वास्थ्य बिकास निर्माणमा कामहरु दुर्त गतिमा वार्डहरुले पनि अगाडि बढाएको बताउदै अागामि दिनमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उन्नत खालका बाख्रा पालन वयर बोका पालन भैसी पालन कुखुरा पालनलाई अगाडि बढाउने बताउनु भयो ।
उहाले दुधमा र मासु तरकारिमा समेत अात्म निर्भर बनाई सन्धिखर्क नगरपालिकाका किसानहरुको बृर्दि बिकास गर्ने र अनुदानमा कृर्षकहरुलाई टनेल बिउ उत्पादन गर्ने बताउदै अाफ्ना अामा बुवाको सेबा गर्नु र बृद्धबृद्धाको सम्मान गर्नु छोराछोरीहरुको दायित्व भएको बताउदै बिकासमा लाग्न समेत अाग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले पारदर्शी ढगबाट काम गर्न अाग्रह ग्रदै बिकास निर्माणका कामहरुको अनुगमन मुल्यांकन पछि मात्र रकम भुक्तानी हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी प्रतिनिधि रजब मिया माअोबादी केन्द्रका प्रतिनिधि बिस्णु श्रेष्ठ, पत्रकार महासघका सचिब सुर्य प्रसाद भुसालको अतिथ्यतामा भएको कार्यक्रम वार्ड अध्यक्ष लिलाराम गौतमको अध्यक्षता वार्ड सचिब शान्ता भुसालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ४० जना जेष्ठ सदस्यहरुको सहभागीता रहेको थियोे ।