चुत्राबेशीका सार्बजनिक स्थानमा बनाइएका टंकी,टहरा हटाइयो, भगवती पार्कको शिलान्यास (भिडियो, तस्बिर सहित)


सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले नगरक्षेत्रको बिकासले तिब्रता लिएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को चुत्राबेसीमा भगबती पार्कको अाज सिल्यान्यास गर्दै नगरप्रमुख भुसालले सबैको साथ सहयोग भएमा नगरको बिकासमा अामुल परिबर्तन हुने बताउनु भएको हो ।
उहाले बाटो घाटो शिक्षा स्वास्थ्य सन्चारको बिकासका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको बताउदै पाँच बर्षमा नगरको मुहान फेरि बेरोजगारी समस्या अन्त भष्टचार मुक्त नगर बनाउने बताउदै कहि कतै भष्टचार गरेको प्रमाणित भए अाफुले पद त्याग गर्न तयार रहेको बताउदै बिकाश निर्माणमा जुट्न अाग्रह गर्नु भयो ।
उहाले नगरपालिका भित्र बजार क्षेत्रमा अस्तब्यस्त रहेका टङकिहरुलाई हटाउन अाग्रह गर्दै पेटि भन्दा बाहिर कुनै पनि सामानहरु नराख्न अाग्रह गर्नु भयो । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ ले बजार क्षेत्रमामा रहेका सार्बजनिक जग्गामा रहेका टङकिहरु हटाउने अस्तब्यस्त राखिने सामानहरुलाई पेटि भन्दा बाहिर ल्याउन नदिने बजारलाई सफा सुन्दर राख्ने अभियान सुरु गरेका छन ।
सोहि अभियान अनुरुप चुत्राबेसी भगबती मन्दिर अास पासका सनर्कजनिक जग्गामा राखिएका टङकिहरु हटाई अाज भगवती पार्कको शिलान्यास गरिएको हो । कार्यक्रममा भुमिका स्थान नगरपालिकाका नगर प्रमुख रेशम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सन्धिखर्क नगरपालिका  प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम, सन्धिखर्क वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, २ का अध्यक्ष मोतिजङ रायमाझी, ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल  बजारबासी समाजसेवी युवा ब्यबसायी सन्चारक्रर्मी नगरपालिकाका ईन्जिनियर नारायण पोख्रेल नगरपालिकाका कर्मचारी सिता बिसी, वार्ड सदस्यहरु लगायतको ठुलो उपस्थिति रहेको  थियोे । नगरपालिकाले गरेको काम प्रति स्थानिय बासिन्दाले खुलेर प्रसम्सा गरेका थिए ।