पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

विनोद गैरे 
सन्धिखर्क, अर्घाखाँची । पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको बैठक समितिका अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षतामा सन्धिखर्कमा सम्पन्न भएको छ । 
बैठकले आगामी शैक्षिक सत्र-२०७५ को लागि जिल्लाका सरकारी विद्यालयहरुमा वितरण भईरहेका पाठ्यपुस्तकलाई थप प्रभावकारी र व्यवस्थित तवरवाट विद्यालयहरुको पहुँच सम्म कसरी पु-याउन सकिन्छ भन्ने विषयमा ठोस निर्णय गर्दै जिल्लाका केही विद्यालयहरुवाट आवश्यक पुस्तकहरुको विवरण आइनसकेकोले आगामी आईतवार विहान १० वजे भित्र जिल्ला स्थित सरकारी विद्यालयहरुले आफ्नो आवश्यकता अनुसारका पाठ्यपुस्तको विवरण पाईसक्नुपर्ने र आईतवार विहान १० वजे भित्र  आवश्यक पाठ्यपुस्तकको विवरण उपलव्ध नगराएको खण्डमा पछि नेपाल पुस्तक तथा स्टेनरी व्यवसायी संघ जवाफदेही नहुने निर्णका साथ बैठक सम्पन्न भएको अध्यक्ष भुसालले जानाकारी दिनभएको छ ।