सिद्दाराको मुवापोखरी र जलुकेको लाहापेमा पुर्ण सरसफाई उन्मुख कार्यक्रम सम्पन्न

जलुकेको लाहापे ।   फाइल तस्बिर 

सुर्य प्रसाद भुसाल  
लाहापे, अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख रिषी पुलामिले स्वच्छता प्रति सचेत र सजक रहन सबै समुदायलाई आग्रह गर्नु भएको छ । 
पुर्ण सरसफाई उन्मुख  गराउन शितगंगा नगरपालिका वार्ड ११ सिद्दाराको मुवापोखरी  र १२ को  जलुके लाहापेमा भएको कार्यक्रममलाई सम्बोधन गदै  उहाले यस्तो बताउनु भएको हो ।  
सरसफाइ गर्नको लागि  जि.एस.एफ, युएन ह्याबिटेडको आर्थिक तथा प्राबिधिक सहयोग प्रकाससचेतन समुह प्रागको समन्वय एवं सहजीकरण तथा वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीद्धारा पुर्ण सरसफाई कार्यको गुणस्तरीयता बैद्यता कायम गर्नका लागी डिवाससिसी लेबल मनीटरीङ्ग भिजिट फर क्वालीटि एसोरेन्स एण्ड मोटिभेसन मनीटरीङ्ग एण्ड भेलीडेसन कार्यको अनुगमन गर्दे उपप्रमुख पुलामीले  यस्तो बताउनु भएको हो । 
कार्यक्रममा युएनह्याबिटेडका जिल्ला संयोजक भरत केसी, प्रागका अध्यक्ष प्रेमनारायण गैरे, भबिश्वर पौडेल, श्याम सुन्दर ढुङ्गाना, पत्रकार रुद्रमणि भुसाल, लगायतले मनतब्य राख्दै सरसफाईमा नमुना बस्तीले गरेको कार्यको प्रशंसा गर्नु भएको थियो । 
कार्यक्रम वार्ड अध्यक्ष कपिल चन्द्र आलेको अध्यक्षता दिपक खनालको  स्वागत मनतब्य  सन्चालनमा सम्पन्न भएको हो ।  दुबै वडामा गरि गरि ४ सय घर धुरी रहेका छन् । 
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।