जुकेनाको दानसिङमा यात्रुबाहक बस ठुलो दुर्घट्ना हुनबाट बच्यो

अर्घाखाँचीडट्कम संवाददाता 
दानसिङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ दानसिङ (साविक जुकेना गाबिस -८ ) मा यात्रुबाहक बस ठुलो दुर्घट्ना हुनबाट बचेँको छ । कुनै मानविय क्षति भएको छैन् ।  
स्थानिय युवा बिक्रम आचार्यले अर्घाखाँचीडट्कमलाई बताए अनुसार लामातालबाट बुटवल तर्फ बिहान ७ बजे हिंडेको लु २ ख ४९ नम्बरको यात्रुबाहक बस  दानसिङमा दुर्घट्ना भएको हो । बिहान करिव १०:३० बजे दुर्घट्ना भएको बस सडकबाट बाहिर पुगेको छ । बसमा ५०, ६० जना यात्रु थिए । 
स्थानियबासी र जेसिबीको सहयोगमा बसलाई निकालिएको थियो । यात्रुहरु कोही हिंडेर र पछि बसमा गएका थिए ।  यात्रुहरुले आज ठुलो दुर्घट्ना हुनबाट बचियो नत्र भोली समवेदना आउने थियो भन्ने प्रतिक्रिया दिएका छन् । 
अर्घाखाँचीका कच्ची सडकमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने र तिव्र गतिमा गाडी चलाऊदा दुर्घट्नाका घटना बढेको देखिन्छ ।