श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेपालमा संघीयता आवश्यक नभएको फेरी दोहोराएको छ ।
राजमोको केन्द्रिय कार्यक्रम अनुसार संविधान र राष्ट्रियता बिषयक अन्तरक्रियामा जनमोर्चाका पाँच नम्बर प्रदेश सदस्य नेता शेर बहादुर बिसीले नेपालमा संघियताको आवश्यकता नभएको बताउँदै खारेज हुनुपर्नेमा जोड दिए ।
नेता बिसीले संघियताले देशलाई बनाउँनुको सट्टा टुक्राटुक्रा पारी विखण्डन तर्फ लैजाने हुनाले यसलाई खारेजी गर्नु पर्ने भएकोले यस कार्यमा सवैको सहयोग र सर्मथन हुनु पर्ने बताए । लामो समयको संर्घषपछि जनाताले आफै संविधान बनाएको हुनाले यसलाई कार्यान्वयन संगै संघियताको खारेजी गर्नुपर्ने कुरामा जोड दिए ।
अहिलेको राज्य पुनःसंरचनाले जनताको आर्थिक न्यायलाई टाट पल्टाउने भएकोले यसबाट जनताले मुक्ति नपाउने भन्दै बर्गिय आन्दोलन बिना कुनैपनी आन्दोलन सम्पन्न नहुने कुरामा जोड दिए ।
कार्यक्रम राजमो जिल्ला उपाध्यक्ष पशुपति ढकालको अध्यक्षता,जिल्ला सदस्य गोबिन्द बिसीको स्वागत मन्तव्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।