अर्घाखाँचीमा नवाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नवाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । 
नवाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एक समारोह बिच प्रमुख अतिथी पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उदघाटन गरेका थिए । 
प्रतियोगिताको उद्घाटन समारोहमा बिशिस्ट अतिथी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा ५ नं. प्रदेश सभा सदस्य माननीय चेतनारायण आचार्य, जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल, जनप्रतिनिधिहरुको तर्फबाट सन्धिक्गर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, कार्यालय प्रमुखको तर्फबाट प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, राजनितिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला कमिटी सचिब तथा युबानेता राम बहादुर चौहान, जिल्ला खेलकुद बिकास समिती सदस्य तथा मालारानी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष नरेन्द्र कुमार बस्नेत लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
 कार्यक्रम उद्घाटन सत्र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिद्धीप्रसाद भुसालको अध्यक्षतामा, नरेन्द्र बस्नेतको स्वागतमा र शिव बेल्वासेको सञ्चालन सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाभरका विद्यालयबाट सहभागिता रहेको छ । साथै प्रतियोगितामा  प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १२ हजार र तृतिय हुनेलाई ९ हजार नगद पुरस्कार रहेको छ ।  प्रतियोगितामा दौड, भलिवल, दौड, रिले दौड, हाईजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्यावलिङ थ्रो, कपद्री खेल लगायत हुनेछन् ।