रामप्रसाद बन्जाडे
दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भुमिकास्थान नगपालिका वार्ड नम्बर ३ धारापानीको ठुलाखर्क गाउँटोल बेओरेकी क्यान्सर पीडित मनकला बिकलाई आर्थिक अभावका कारण उपचार गराउन कठिनाई भएको छ ।
बेओरेका स्वर्गीय जगत बाहादुर बिककी छोरी क्यान्सर पीडित मनकला बिक लामो समयसम्म रोजगारीका लागि कुबेतमा थिईन् र उनले मेहनत तथा पसिना बगाएर कमाएको पैसा आफ्नै उपचार गर्नमा सकिएको र उनलाई बचाउन अरु धेरै ठुलो रकमको आबस्यक परेको हो ।
क्यान्सर पीडित मनकलाको उपचार नेपालमा भन्दा सस्तो पर्छ भन्दै दिल्लीमा उपचार गर्न लगिएको र अहिले दिल्लीको क्यान्सर हस्पिटलमा भर्ना गरिएको छ र उपचार चलिरहेको छ । तर पैसाको अभावमा उपचार नगराई घर फर्कने अवस्था पुगेको छ ।
मनकलाको आर्थिक स्थिती कमजोर भएकोले बचाउन भन्दै नेपाली देस भक्त युवा समाज दिल्ली शाखाले देश विदेशमा सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको छ ।
सहयोग गर्न परेमा तलको बैंक खातामा र संपर्क नम्बरमा जानकारी लिन सकिने छ:-
Ram Prasad Banjade
Everest Bank Limited
Branch – Sandhikharka
AC/ NO:/ 03900501207816 , Arghakhanchi
संपर्क नम्बर:- 9867836738 (राम प्रसाद बन्जाडे)
9911770३98 (पुनाराम बन्जाडे दिल्ली)
9654541344 (क्यान्सर पिडित)