अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कका एक युवाको रुपन्देहीको तिनाउ खोलामा डुबेर मृत्यु भएको छ ।
सन्धिखर्क-१ पटुवाथुमका १८ वर्षे सुशील श्रेष्ठको सिद्धबाबा हेडबक्स नजिकको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
साथीहरुसँग पौडी खेल्ने क्रममा श्रेष्ठ एक्कासी पानीमा डुबेका थिए । कक्षा १२ अध्ययन गर्दै गरेका श्रेष्ठ बुटवलमा बस्दै आएका थिए । गर्मीसंगै यस अघि पनि उनी नियमित तिनाउ खोलामा पौडी खेल्न जाने गर्थे ।
पानीमा डुबेको थाहा पाएपछि बुटवल प्रहरी उद्दार गर्न पुगेको थियो । शव प्रहरीले खोलाबाट निकालेको थियो ।
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।