छत्रदेबको मथुरामा ३ महिने सिलाई कटाई तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता
मथुरा, अर्घाखाँची  बैशाख ३  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नं. ४ मथुरामा ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । 
दिगो तथा सम्मानित रोजगारिका लागि सीप बिकास परियोजनाले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिम सोमबार देखि मथुराको एग्रोफरेस्टि पोलिटेक्निक ईन्स्टिच्युट भबनमा शुरु भएको हो । 
सि.टि .ई भि.टी .द्वारा संचालित तालिमको एक समारोहका बीच ईन्स्टिच्युटका प्रमुख टिकाराम तिमल्सिनाले उद्घाटन गरेका थिए ।  उनले तालिमबाट सिकेर ब्यबसायिक रुपमा पेशा संचालन गर्ने हिसाबले तालिम लिनु पर्ने बताएका थिए । 
 
तालिम प्रशिक्षक सीता भुसालले यो तालिमले घरमा पर्ने सिलाई समस्या पनि समाधान हुने र ब्यबसायिक रूपमा यो पेशा अगालेर एउटा परिबार सजिलै जिबिकोपार्जन गर्न सकिने बताईन । ३ महिना सम्म संचालन हुने तालिममा ४० जना महिलाहरुको सहभागीता रहेको छ ।
साथै अब यस्तै प्रकारका बेमौसमी तरकारी, सन्धिखर्क ५ वांगला, हाउस वाइरीङ पाणीनी गाउँपालिका र सिलाई कटाई छत्रदेबमा समेत संचालन हुने क्याम्पसकी प्रशिक्षक प्रियंका टण्डनले जानाकारी दिईन ।