अर्घा भगवती मन्दिर जाने पैदलमार्गकाे गेट तथा पक्की सिडि निर्माण हुने

अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घा स्थित अर्घा भगवती मन्दिर जाने पैदलमार्गकाे गेट तथा पक्की सिडि निर्माण गरिने भएको छ । 
अर्घा भगवती मन्दिर जाने पैदलमार्गकाे गेट तथा सिडि निर्माणको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले शिलान्यास गरेका हुन् । 
शिलान्यास कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक लगायतको उपस्थिती रहेको थियो । 
पैदलमार्ग निर्माण र मर्मत नहुँदा भगवती मन्दिर जाने वर्षौ देखि आवत जवात गर्न समस्या परेको थियो ।