छत्रदेब गाउँपालिकाको सार्बजनिक मावीमा न्यायिक संवाद कार्यक्रम सम्पन्न

 सहयोगी बि.सी
छत्रदेब, अर्घाखाँची बैशाख ७  । जिल्ला अदालत अर्घाखाँचीका माननीय न्यायाधीश रामचन्द्र पौडेलले सुनुवाइ बिना दोषी नठराएमा र आफ्नै मुद्दा नसंझेर स्वतन्त्र रुपले न्याय सम्पादन गरे सबै मान्छे नै न्यायाधीश भएको बिचार ब्यक्त गर्नु भएको छ।
पौडेलले छत्रदेब गाउँपालिकाको सार्बजनिक मा. बि.मा भएको न्यायिक संवाद कार्यक्रम अन्तरगत समुदायमा न्यायाधीश कार्यक्रम मा उक्त बिचार ब्यक्त गर्नु भएको हो।उहाँले जनप्रतिनिधिले पनि आफ्नो गाउँ समाजका झैझगडा ,सानातिना मुद्दालाई निष्पक्ष रुपमा निरुपण गर्न सक्दछन भनेर नै संबिधानमा नै स्थानीय निकाय भित्र नै न्यायिक समितिको ब्यबस्था गरेको धारणा राख्नु भएको थियो।
उहाँले अब सिंहदरबारको अधिकार गाउँगाउँमा आएकोले अदालत पनि त्यही अनुरुप जनताको बिचमा गएर जनताका न्याय अन्यायका समस्या बुझ्दै हिंडेको बिचार राख्नु भएको थियो।
सो कार्यक्रममा बिशिस्ट अतिथिको तर्फबाट छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले खोपिका देबताको रूपमा लिएका न्यायाधीश गाउँगाउँ जनताका बिचमा न्यायाधीशलाई स्वागत गर्न पाउँदा अति नै खुशिको अनुभुती भएको भन्दै आफुले नेपालको प्रचलित संबिधान ऐन कानुन भित्र रहेर पालिकाको बिकासमा इमान्दारिताका साथ कामगर्ने कसम खाएको उल्लेख गर्दै कार्यक्रम आयोजना बाट अदालत बाट सम्पादन हुने विभिन्न कार्यहरुका बारेमा जानाकारी प्रदान गरेकोमा अदालत लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
न्यायीक समितिका संयोजक तथा उपाध्यक्ष तुलसादेबी श्रेष्ठले आफु जुनसुकै पार्टीबाट आएपनी जनप्रतिनिधिको हिसाबले सबै जनताप्रति उत्तिकै दायित्व रहेकोले आफुबाट न्यायिक समिति बाट हुने काममा कुनै शंका नगर्न आम पालिकाबासिलाई अनुरोध गर्दै आफू त्यस क्षेत्र् को बिज्ञ नभएपनी न्यायिक कार्यक्षेत्र भित्र रहेर कामगर्ने जानाकारी गराउनु भएको थियो।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक शालिग्राम शर्मा पौडेल ,जिल्ला न्यायाधिवक्ता रोमाकान्त ज्ञवाली ,श्रेस्तेदार मोहन बेल्बासे ,प्रमुख प्रशाशकिय अधिकृत भेषराज पन्त बैतनिक वकिल के. बि. भुसाल ,नेपाल बारएशोशिएसनका नवनिर्बाचित अध्यक्ष टंक प्रसाद पोखरेल ,जिल्ला अदालतका डिट्ठा अनिता थापा ,नायबशुब्बा केशबराज भुसाल ,पत्रकार घनश्याम पौडेल लगायतले नेपालको संबिधान ,मुलुकी ऐन ,अदालत प्रती जनताको अपेक्षा ,संचारकर्मीको भुमिका लगायतका विविध बिषयमा प्रकाश पार्नु भएको थियो।
सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष जनप्रतिनिधि लगायतले जिज्ञासा् राख्नु भएको थियो।
कार्यक्रम माननीय जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको अध्यक्षता र जिल्ला अदालतका सुचना अधिकारी टेकराज गैरेको संचालनमा सम्पन्न भएको थियो।