अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको नेतृत्वमा गएको सांसदहरुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
प्रतिनिधिसभा सांसद तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको नेतृत्वमा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश नम्बर ५ का अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे लगायतको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटार निवासमा भेटेको हो ।
भेटमा सांसदहरुले अर्घाखाँची जिल्लाको बिकास र समृद्धिका साथै ५ नम्बर प्रदेशका दुरगामी महत्त्व राख्ने बिकास योजनाबारेमा प्रधानमन्त्री ओलीको ध्यानआकर्षण गराएका थिए ।
यस्तै सांसदहरुको टोलीले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सिंहदरबारमा भेटवार्ता गरेको थियो ।
यस्तै उनिहरुले कृषि,भुमि मन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री बिना मगर, स्वास्थ मन्त्री पद्मा अर्यालसंग भेटघाट र छलफल गरेका छन ।