सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीवन ज्ञवाली हाजिर हुुनु भएको छ ।
तानसेन नगरपालिकाबाट सरुवा भई ज्ञवाली दोस्रो पटक सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासक बन्नु भएको हो । गत कात्तिक महिनामा सन्धिखर्क नगरपालिकाबाट पाल्पाको तानसेनमा नगरपालिकामा ज्ञवाली सरुवा हुनु भएको थियोे ।
स्थानिय बिकास मन्त्रालयमा लामो समय काम गरि अनुभब बटुलेका ज्ञवाली निति नियम र कानुनमा नचुक्ने हाकिमको रुपमा चर्चित छन । ज्ञवाली नगरपालिकामा अाएपछि सुशासन पारदर्शिता कायम हुने नगरबासीले अपेक्षा गरेका छन ।
मुलुक सगियतामा गएपछि स्थानिय निकाएमा कर्मचारी कार्यलय प्रमुखहरु छिटोछिटो सरुवा हुने चलन अहिले सुरु भएको छ । ज्ञवालीले सन्धिखर्क नगरपालिकामा हाजिर भएपछि अर्घाखाँची डटकमसँग भन्नु भयो मैले सुशासन र पारदर्शितालाई अात्मसाथ गरेर अगाडि बढछु तपाईंहरुको सहयोग अपरिहार्य छ, उहाले भन्नु भयो । म अार्थिक अनियमितता हुन दिदैन कानुन अनुसार चल्छु नगरलाई सम्बृद बनाउने अभियानमा मेरो पुर्ण सहयोग रहन्छ ज्ञवालीको भनाइ छ ।
युवा र प्रखर स्थानिय निकायमा राम्रो अनुभब भएका ज्ञवाली यस अघि पनि सन्धिखर्क नगरपालिकामा झन्डै एक बर्ष काम गरि घरपाई पाल्पा सरुवा भएका थिए ।