विश्वकै ज्येष्ठ महिला जापानकी नवी ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन भएको छ ।
चार महिनादेखि अस्वस्थ रहेकी ताजिमाको उपचारकै क्रममा निधन भएको हो ।
सन् १९०० अगष्ट ४ मा जन्मिएकी ताजिमाका १ सय ६० जनाभन्दा बढी सन्तान छन् ।
७ महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि ताजीमा विश्वकै ज्येष्ठ महिला बनेकी थिईन् ।
ताजिमाको निधनपछि अब जापानकै १ सय १६ वर्षीया शियो योशिदा विश्वकै ज्येष्ठ महिला बनेकी छन् । एजेन्सी