अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँचीको ज्ञान प्रकास उच्चमाबि डिभर्नामा आज सुचना संचार तथा प्रबिधि सम्बन्धि तालिम र ज्ञानपुञ्ज रेडियो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।
देश सघिय संचनामा गएअनुसार स्थानियतहहरुको काम कर्तब्य , अधिकार स्थानियतहमा हुने विकास निर्माणमा पारदर्शिता, सुशासन, जवाफदेहिता सम्बन्धी रेडियो कार्यक्रम साझाबोली सुन्दै समुदायमा छलफल गर्ने र ब्यवहारमा उतार्ने उदेश्यकासाथ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ डिभर्ना सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको बैठक सम्पनन गरिएको हो । ।
कार्यक्रममा क्लवका अध्यक्ष तारा कुवँरले समाजमा भएका शिक्षा, स्वास्थ्य कृर्षि, प्रकोप व्यवस्थापन, सुशासन र जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउन बैठक र तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
सहजकर्ता दिपक खनालले स्थानिय स्तरमा रहेका समस्यालाई लिएर वडा कार्यालयमा माग गर्ने बताउनु भयो ।गठित रेडियो श्रोता समुहको हरेक महिनाको दुईपटक रेडियो कार्यक्रम साझाबोली सुन्ने र प्रतिक्रिया तथा सल्लाह सुझाव दिने ज्ञानपुञ्ज रेडियो श्रोता समुहका सहजकर्ता दिपक खनालले बताउनुभयो
कार्यक्रमको साझा बोली सामुदायिक सञ्चारकर्मी रुद्धमणि भुसाल र पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।