किमडांडामा ३ दिने कृषि तालिम शुरु

फाइल तस्बिर

गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखांची बैशाख १० । अर्घाखांची पशुसेवा कार्यालय अर्घाखांची प्रमुख तथा बरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले अब बन्ने स्थानिय सरकारको कानुनले जिल्लामा दुध,मासु र अन्डा बाहिर जिल्लाबाट हुने आयातलाई निशेध गर्नुपर्नेमा जोड दिनुभएको छ । 
पोषिलो घांस तथा पशु आहारमा सुधार ल्याउन भन्दै हिजोबाट सन्धिखर्क ८ किमडाँडामा सुरु भएको ३ दिने कृषि तालिमको उद्घाटन गर्दै उहांले यस्तो बताउनु भएको हो ।
डा.पौडेलले कृषि क्षेत्रमा उर्जाशिल प्रगति भइरहेको अर्घाखांची दुध,मासु र अन्डामा आत्मनिर्भर बन्दै गएकोले स्थानिय सरकारले बाहिरी जिल्लाबाट हुने आयातलाई रोक्नुपर्ने बताउनुभयो । 
जिल्ला पशुसेवा कार्यालय अर्घाखांचीको आयोजनामा सुरु भएको ३ दिने तालिममा किमडांडाका ६० जना गाइ पालक किसानहरुको सहभागिता रहेको बताइएको छ । उक्त तालिममा पोषिलो घांस उत्पादनमा बृद्धि,उत्पादन लागत घटाउने,ब्यबस्थित पशुपालन सम्बन्धि बिषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।