अर्घाखाँचीमा सूर्या लाइफ इन्स्योरेन्सले मनायो आफ्नो एघारौ वार्षिकोत्सव

जेबी दर्लामी 
सन्धिखर्क, अर्घाखाँची । “तपाइको भविष्य हाम्रो अभिभारा भन्ने” मूल नाराका साथ संचालित सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर आफ्नो ११औ वार्षिकोत्सव मनाउनेक्रममा अर्घाखाँची जिल्लामा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
 ११ गते मंगलबार  बिहान सन्धिखर्कमा अवस्थित श्री निर्मल नवज्योति सुस्तमनस्थिति विद्यालयमा अध्ययन गरिरहेका १३ जना विद्यार्थीलाई प्रेरणा तथा  सहयोगस्वरूप फलफूल र बिछ्याउने तन्ना प्रदान गरिएको हो ।
 सूर्या लाइफ इन्स्योरेन्सकी अभिकर्ता अमृता परियारको संचालनमा सम्पन्न भएको कार्यक्रममा कम्पनी अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारको अध्यक्षता रहेको थियो । 
कार्यक्रममा मन्तव्य राख्दै सुस्तमनस्थिति विद्यालयकी प्रमुख कमला भुसालले सुस्तमनस्थिति बालबालिकाको  बीचमा रहेर काम गर्न गाह्रो भएपनि आफूलाई उनीहरूको सेवा गर्न अत्यन्तै खुसि लाग्ने बताउनुभएको थियो । 
साथै उहाले यो विद्यालयलाई यहासम्म ल्याउन सरकारी सहयोगका साथै शुभेच्छुकहरूको सहायता रहेको र भावी दिनमा पनि यस्तो सहयोग पाउने अपेक्षा रहेको बताउनुभएको थियो ।
अभिकर्ताको तर्फबाट बोल्दै सीता श्रीपाली सुनारले कम्पनीको उद्देश्य र कामका बारेमा स्पष्ट पार्नुभएको थियो ।
त्यसैगरी समापन मन्तव्य राख्दै शाखा प्रमुख दिनेश सुनारले सूर्या लाइफ इन्स्योरेन्सको परिचय, कम्पनीको उद्देश्य र बीमाको अपरिहार्यताको बारेमा जानकारी गराउदै सुस्तमनस्थितिमा रहेका बालबालिकालाई हौसला र प्रेरणा मिलोस भनेर आफूहरूले यो सहयोग गरेको बताउनुभयो ।
 उहाले आगामी दिनमा यस विद्यालयका लागि आफू र सस्थाको तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता पनि जाहेर गर्नुभएको थियो । 
कार्यक्रममा कम्पनीका अभिकर्ताहरू सीता श्रीपाली, कृष्ण बन्जाडे, अमृता परियार, नीरु परियार, जुना सुवेदी, जिल्लाका विभिन्न क्षेत्रमा आबद्ध समाजसेवीहरू कमल बिक, राजकुमार बिक, खिमानन्द पोखरेल, रिसव अधिकारी र पदम भुसाल लगायतको उपस्थिति रहेको थियो ।