अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको लामीदमार भएको आगलागीबाट क्षतिग्रस्त पिडित परिवारका लागि राहत हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समिति उपसभापति ऋषि पुलामी, शितागंगा नगरपालिका नगर प्रमुख सूर्य प्रसाद अघिकारी, वार्ड ¡ अध्यक्ष भिम बहादुर केसी, जिल्ला प्रशासन कार्यालय अर्घाखाँची नायब सुब्बा जिबनारायण आचार्य, नेपाल रेडक्र सोसाइटीका ठाकुर अघिकारी लगायतले स्थलअबलोकन गरी नगद सहित खाद्यान्त लत्ता कपडा हस्तान्तरण गरिएको हो ।
लामीदमार स्थित बाल कुमारी खाम्चाको घरमा गत शनिबार आगलागी हुँदा आगो बस्तीमा फैलिदा खाम्चा सहित ८ जनाको ६ वटा फुसको घर र ६ वटा गोठ जलेर करीब ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।