(पहिलो प्रकासित मिती: २०७५ वैशाख ११, मंगलवार)
मैदान र नरपानी
अर्घाखाँचीडट्कम संवाददाता
फुडवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ (साबिक खाचिकोट ८) ठुलाबाटा जलुकेमा एक युवा मृत फेला परेका छन् ।
समाजसेवी धुर्वराज आचार्यले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार खाचिकोटको ठुलाबाटा जलुकेका इन्द्रबहादुर पन्थीका ३३ वर्षिय छोरा शुरत बहादुर पन्थी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शुरतले गएराती घरबाट बाहिर जान्छु भनेर निस्केका थिए तर मंगलवार बिहान ९ बजे उनी (( किटनी माथि )) मैदान र नरपानीको बिचको काउलिचौर जंगलको रुखमा झुन्डिएको अवस्थामा स्थानियबासीले फेला परेका थिए । उनलाई रातभर गाउँहरुले जङ्गल भरी खोजेका थिए ।
शुरत ५ दिन अगाडि भारतको नयाँ दिल्लीबाट घर आएका थिए । उनी एक वर्ष नपुग्दै दिल्लीबाट फर्केका थिए । शुरतका श्रीमती र एक ५ वर्षको छोरा छन् । स्थानियबासीले झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शुरतले आत्महत्या नै गरेको पुष्टी गरेको छ । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगेको थियो । प्रहरीले आत्महत्याको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।
समरण रहोस् खाचिकोटमा मात्र गएको ४ वर्षको अवधीमा ५ जनाले आत्महत्या गरिसकेका छन् ।