ठाडा दहमा निवृत्त रास्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको नगर स्तरीय अधिबेशन सम्पन्न

Image result for ठाडा दह

सहयोगी बि.सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निवृत्त रास्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको बैठकको निर्णय अनुसार आज शितगंगा नगरपालिकाको ठाडा दहमा नगर स्तरीय अधिबेशन सम्पन्न भएको छ।
जिबनको उर्बर एबं सिर्जनशिल समयलाई रास्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र रास्ट्रसेवामा योगदान पुर्‍याउने उद्देश्यले खोलिएको सो समाजको भेलाले सुमन्त प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नगरपालिका स्तरिय समितिको गठन गरेको छ।
शितगंगा नगरपालिकामा भएको अधिबेशनमा समाजका केन्द्रिय महासचिव बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्य र ,केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य जिल्ला अध्यक्ष बलदेब भुसाल र जिल्ला सदस्य भिम बहादुर के. सि.उपस्तिथिमा अधिबेशन सम्पन्न भएको थियो ।
अर्घाखाँची जिल्लामा राज्यकोषबाट पेन्सन पाउने प्राध्यापक ,शिक्षक ,निजामती ,सेना ,प्रहरी ,शसत्र प्रहरी न्यायसेवा तथा संघ संस्थानका अबकास प्राप्त ५४ जना आजिबन र झन्डै ४ सय साधारण सदस्य रहेको बुझिएको छ।