सन्धिखर्क – गोरुसिंगे सडकखण्ड अन्तर्गत सुपादेउराली मन्दिरमा बैशाख १९ गतेदेखि पुर्ण रूपमा बाटो बन्द हुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्द सुपादेउराली मन्दिर परिसरका टहरा हटाई सडक फराकिलो बनाउनका लागि पुर्ण रूपमा बाटो बन्द गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विहिबार बसेको सर्वदलिय बैठकले आगामी बैशाख १९ गते बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म गोरुसिंगे-सन्धिखर्क सडक अन्तर्गत सुपादेउराली मन्दिरमा पुर्ण रूपमा बाटो बन्द गरिने निर्णय गरेको हो ।  
यस अघि सन्धिखर्क नगरपालिकाले सडक चौडा गर्न भन्दै मन्दिर परिसरका टहरा हटाउन १५ दिने सूचना टासेको थियो । 
सुपादेउराली सडक बन्द अवधिमा सालझण्डी – धोरपाटन सडक र घुम्ती-पाल्पा सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिनेछ ।