अर्घाखाँचीका ६ वटै पालिकामा शुल्क बृद्धिको खारेजी र विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको माग गर्दै चार विद्यार्थी संगठनद्धारा ध्यानाकर्षण पत्र

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची  बैशाख १५। संस्थागत विद्यालयले गरेको शुल्क बृद्धिको खारेजी र विद्यालय क्षेत्रको शैक्षिक गुणस्तर बृद्धिको माग गर्दै अर्घाखाँचीमा क्रियाशिल चार विद्यार्थी संगठनहरुले हिजो जिल्लाका ६ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपालको संविधान २०७२ ले माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको सन्दर्भमा शिक्षाको क्षेत्रमा भएको ब्यापारिकरणलाई नियन्त्रण गर्नुपर्ने,संविधानले व्यवस्था गरेको स्थानीय तहको अधिकार प्रयोग गरी शिक्षा क्षेत्र व्यवस्थित गर्नुपर्ने लगायतका माग राख्दै संयुक्त विद्यार्थी संगठनले स्थानिय सरकारको ध्यानाकर्षण गराउन जिल्लाका ५ वटै पालिकामा पत्र पठाएको अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रदिप नेपालीले जानकारी दिनुभएको छ ।
अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छैठौं अर्घाखाँचीले पालिकामा बुझाएको ध्यानाकर्षण पत्रमा संस्थागत विद्यालय शुल्क निर्धारण माप दण्ड निर्देशिका २०७२ को ठाडो उल्लंघन गरी निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धि अबिलम्ब फिर्ता गराउन, ती विद्यालयको अनुगमन गरी मापदण्ड नपुगी संचालन गरिएका विद्यालयलाई कारवाही गर्न र सार्बजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरि,सार्बजनिक शिक्षा प्रति बिश्वास बढाउन प्रभाबकारी अनुगमन,निर्देशन र आवश्यक कार्यहरु तत्काल अगाडि बढाउन माग गरिएको छ । 
माथी उल्लेखित मागहरु प्ुरा नभएको खण्डमा शैक्षिक क्षेत्रमा भएका बिकृतिका बिरुद्ध आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मण खड्काले बताउनुभएको छ ।