गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची बैशाख-१५ । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्न भन्दै यातायात सँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्न नगराउन निर्देशनको बिरोधमा उत्रिएका यातायात ब्याबसायीहरुको आन्दोलनको प्रभाव अर्घाखाँचीमा पनि परेको छ ।
सवारीको छतमा कालो झन्डा बांधेर आन्दोलनको सुरुवात गरेका यातायात ब्याबसायीहरुले हिजो मध्यान्न १२ बजेदेखी सवारी नै बन्द गरि आन्दोलनलाई कडा पारेपछि यातायात सेवा प्रभावित भएको छ ।
चैत्र १३ गतेबाट क्यु फ्री गरि गाडि संचालन गर्न थालेका ब्यावसायीहरुले केन्द्रिय कार्यक्रम अनुसार नै हिजोदेखी सवारी बन्द गरेको देउराली यातायात ब्याबसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले बताउनुभएको छ ।
हिजो १२ बजेदेखी बन्द रहेका गाडि आज बिहान ९ बजेदेखी संचालनमा आउने तर क्यु फ्री भने यथावत रहने उहांको भनाई रहेको छ । यातायातमा सिन्डिकेट छैन भन्ने अनुभुति गराउन अर्घाखाँचीमा रहेका पश्चिम नेपाल बस ब्याबसायी र देउराली यातायात ब्यावसायी समिति मातहतका सवारी साधनहरु १३ देखी क्यु फ्रीमा संचालन हुंदा यातायाता सेवा प्रभावित बनेको छ ।
सिन्डकेट खारेज गर्ने सरकारको निर्णयसँगै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै संस्थाको दर्ता खारेज हुने अवस्था आएको छ ।