सन्धिखर्कमा आगामी जेष्ट ११ र १२ गते ५ नम्बर प्रदेश स्तरिय दोहोरी प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने
बैशाख १५ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ५ नम्बर प्रदेश स्तरिय दोहोरी प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७५ आगामी जेष्ट ११ र १२ गते हुने भएको छ ।
अर्घाखाँची कलाकार समाज काठमाडौको आयोजनामा सन्धिखर्कको टुडिखेलमा हुन गईरहेको ५ नम्बर प्रदेश स्तरिय दोहोरी प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी व्यापक गरिएको छ ।
आयोजकले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार प्रदेश नम्बर ५ मा रहेका १२ जिल्लाका बिभिन्न कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम आगामी जेष्ट ११ र १२ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुनेछ ।
कार्यक्रममा सहभागीता हुन २ हजार रुपैया शुल्क लाग्ने छ । यस्तै दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित ५१ हजार रुपैया, दोस्रो हुनेलाई प्रमाण पत्र सहित ३१ हजार रुपैया र तेस्रो हुनेलाई प्रमाण पत्र सहित २१ हजार रुपैया र सन्त्वना पुरस्कार प्रमाण पत्र सहित ११ हजार रुपैया र उत्क् ट गायक र गायिका पुरस्कार ५/५ हजार रुपैया राखिएको छ ।
साथै प्रतियोगितामा दर्ता हुने अन्तिम मिती जेष्ट १० गते सम्म तोकिएको छ ।