अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा मसाल निकट अखिल नेपाल महिला संघ सन्धिखर्क नगरपालिकाको दाेस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
सम्पन्न भेलाले मिना बिसीको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पीक गरी १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा निर्मला भट्टराई,सचिब लिला भुसाल,कोषाध्यक्ष शुसिला पराजुली र सहसचिबमा गरीमा बिसी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सीता थापा, आरता टण्डन, शारदा खड्का, कमला बन्जाडे, लक्ष्मी अधिकारी, सारदा आचार्य, राधा खनाल रहेका छन् । साथै बैकल्पीक सदस्यमा सारदा खनाल, जुना पन्थी र पबित्रा सुनार रहेका छन् ।