अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर भोली सोमबार दिनभर बिधुत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गर्ने भएको हो ।
प्राधिकरणका अनुसार झिमरुक जल बिधुत देखि अर्घाखाँची आउने लाईनमा बुस कटिङ र लाईन पेट्रोलिङ कार्य गरिने भएकोले सोमबार दिनभर ९ घण्टा बिधुत आपूर्ति बन्द हुने भएको छ ।
साथै बुस कटिङ र लाईन पेट्रोलिङ कार्य सम्पन्न हुने वितिकै नियमित बिधुत आपूर्ति हुने नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँचीमा लोडसेडिङ अन्त्य भएको भनिएता पनि दैनिक बिधुत आपूर्ति बन्द हुँदा जिल्लाबासी हैरानी खेप्नु परेको छ । जिल्लामा नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीको बिधुत आपूर्तिमा चरम लापरवाही गर्दै आएको भन्दै अर्घाखाँचीबासी आक्रोसित भएका देखिन्छन ।