अर्घाखाँचीडट्कम संवाददाता
सुपा देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपा देउराली सडक खण्डको स्तर उन्नति सुरुवातको औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
सुपा देउरालिको बाटो फराकिलो गर्ने सिलन्यासको लागि पुर्व उपप्रधानमन्त्री तथा सांसद टोप बहादुर रायमाझी, राष्ट्रिय सभा सांसद चन्द्र बहादुर खडका, प्रदेश सांसद चेतनारायण आचार्य, प्रदेश सांसद रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, सुपादेउराली मन्दिर ब्यबस्थापन समिती अध्यक्ष तथा सन्धिखर्क -७ वार्ड अध्यक्ष पृतम बहादुर थापा शितगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष गोबर्धन थापा लगायतको उपस्थिती रहेको थियो ।
अब भोलि देखि सुपादेउराली मन्दिर परिसरमा सडक स्तर उन्नति शुरु गर्नका लागि भोली बैशाख १९ गते बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म पुर्ण रूपमा बाटो बन्द गरिने भएको छ ।
यस अघि सन्धिखर्क नगरपालिकाले सडक चौडा गर्न भन्दै मन्दिर परिसरका टहरा हटाउन १५ दिने सूचना टासेको थियो ।
सुपादेउराली सडक बन्द अवधिमा सालझण्डी – धोरपाटन सडक र घुम्ती-पाल्पा सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिनेछ ।