प्रदिप नेपाली
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कमजोर आर्थिक अवस्था भएका अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वाड नम्बर ३ मा रहेका श्री दीप अाधारभुत विघालयमा कक्षा ३ मा भगवता खनाल, श्री ज्ञानशान्ति अाधारभुत विघालयमा कक्षा ३ मा सन्दिप नेपाली र अन्नत खत्रीलाई शिशु कक्षामा भर्ना भएका छन् ।
हामी सबैको इच्छा, अनिवार्य आधारभुत निशुल्क शिक्षा भन्ने मुल नारा का साथ सञ्चालन गरिएको विद्यार्थी भर्ना पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री बितरण अभियान अन्तर्गत प्रदेश सभा सदस्य चेतनारायण आचार्यले विघालय भर्ना गरि संरक्षककत्व ग्रहण गरि उनिहरुलाई SEE कक्षा सम्म निशुल्क अध्यन तथा अावश्यक शैक्षिक सामाग्री,विघालय पाेशाक उपलब्ध गराउने निर्णय गरेका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले उनिहरुलाई शैक्षिक सामाग्री, विघालय पाेशाक वितरण गरेका थिए ।