राष्ट्रिय जनमोर्चाद्दारा नरपानीमा वार्ड स्तरिय छायां सरकार गठन

फाइल तस्बिर

गोपाल प्रसाद भट्टराई
नरपानी, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले सन्धिखर्क ६ नरपानीमा वडा स्तरिय छायां सरकारको गठन गरेको छ । 
कागज र कानुनी ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै राष्ट्रिय जनमोर्चाले आज नरपानीमा अयोजना गरेको प्रशिक्षण भेलाबाट पदम के.सी.को संयोजकत्वमा ७ सदस्यिय वडा स्तरिय छांया सरकारको गठन गरेको हो ।
 भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.ले सिंहदरबारको अधिकार गाउंमा नारा लिएर जनतालाई सास्ती, जनप्रतिनिधि र कर्मचारीलाई मस्ती हुन नदिन आफुहरुले देशैभर छांया सरकार गठन गर्न लागेको बताउनुभयो ।जनता र राष्ट्रको ढुकुटि दुरुपयोग हुन नदिने आफुहरुको छांया सरकारको उद्धेश्य रहेको भन्दै उहांले भ्रष्ट्रचार अन्त्य गर्ने राजमोको अभियानमा साथ दिन जनतासंग अपिल समेत गर्नुभएको  छ ।राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार यमलाल पोख्रेलले मुलुकमा संघियता फेल भइसकेको र पूर्ण रुपमा खारेज हुने भन्दै यदि त्यसो नभएमा देश र जनताले हार्ने बताउनुभयो ।
पूर्ण बहादुर चुदालीको अध्यक्षता,लेख बहादुर खत्रीको स्वागत मन्तव्य र पदम के.सी.को संचालनमा सम्पन्न भेलाले  पुर्ण बहादुर चुदालीको अध्यक्षतामा १३ सदस्यिय राजमो वार्ड कमिटिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा नेत्र ब खड्का,सचीव भूपाल जि.सी.,सह–सचिव भूपाल बि.सी. र कोषाध्यक्षमा  दीपक चुदाली चयन हुनुभएको खबरमा उल्लेख छ । 
यस्तै भेलाले भूपाल बि.सी.को अध्यक्षतामा २१ सदस्यीय  अखिल नेपाल युवक संघ नरपानीको पनि गठन गरेको   छ ।