आजबाट अर्घाखाँचीमा पूर्ववत रूपमा बस-जीप सेवा संचालन (फोटो फिचर)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची । सरकारले यातायातको सिण्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णयको विरोध, आन्दोलनमा उत्रिएका अर्घाखाँची जिल्लाका देउराली र पश्चिम नेपाल यातयातले पुन काउन्टर खोली पुर्बबत रूपमा बस संचालन गरेका छन् ।
पश्चिम नेपाल बस ब्यबसायी संघ र देउराली यातायात ब्यबसायीले  आज आईतबार देखि पुर्बबत रूपमा बस संचालन गरेका छन् । 
सन्धिखर्कबाट बस सेवा नियमित संचालन भएसंगै सन्धिखर्कमा जिल्ला बाहिर जाने यात्रुको भिड लाग्न शुरु गरेको देखिन्छ । 
ब्यबसायीहरुले गत वैशाख १३ गते विहीवार देखि काउन्टर बन्द गरेपनि क्यु फ्री गरेर गाडी चलाई राखेका थिए । यस्तै जिल्लामा लन्का यातायातले भने काउन्टर खुलाएर नियमित सेवा दिदै आएको थियो ।