पोखराथोककी ब्लड क्यानसर रोगी रोमालाई कतारबाट ५५ हजार ५ सय ११ रुपैया सहयोग

प्रेमनारायण आचार्य
पोखराथोक, अर्घाखाँची २४ बैसाख । ब्लड क्यानसरको उपचारमा आर्थिक अभाव भएकी अर्घाखाँचीको पाणिनि गाँउपालिका वाड नम्वर २ पोखराथोककी रोमा सुनारलाई आर्थिक सहयोग  प्रदान गरिएको छ । 
उपचारमा सहयोग होस भनेर रोजगारीको सिलसिलामा कतारमा  रहेका छत्रदेव गाँउपालिका ४ का हरिबहादुर बिकको सक्रियतामा कतारमा काम गर्ने नेपालीहरुबाट संकलन गरेर  पठाएको ५५ हजार पाँच सय ११ रुपैया प्रदान गरिएको हो । 
हरिबहादुरका बुबा खुमबहादुर बिकले बिरामी रोमाका भाइ विनोद सुनारलाइ नगद ५५ हजार पाँच सय ११ रुपैया हस्तान्तरण गर्नु भयो । दलित र गरिब परिबारकी १३ बर्षिय  रोमाको पाँच महिना देखि भरतपुर क्यानसर अस्पतालमा उपचार भैरहेको छ । 
उपचारको लागि धेरै पैसो चाहिने तर आर्थिक अभावले उपचारमा समस्या उत्पन्न भएको उनका भाइ विनोदले बताए । उनले भने सबैले सहयोग गरेमा दिदिलाइ बचाउन सकिन्थ्यो ।