सन्धिखर्कको मेन रोडमा सुबिधा सम्पन्न ल्याव सेवा शुरु, बाहिर जानु नपर्ने (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर १ स्थित मेन रोडमा सुबिधा सम्पन्न ल्याव सेवा सुरु गरिएको छ ।
न्यासनल प्याथ ल्याब प्रालिको शाखाको रुपमा सुविधा सम्पन्न ल्याब सेवा सन्चालन गरिएको हो । पहिला देखि नै ॐ पोलिक्लिक सन्चालनमा ल्याएका ब्यबसायीहरु तथा अन्य प्राबिधिकहरुको सल्लाह अनुसार अर्घाखाँची जिल्लामा पहिलोपटक यस्तो सुबिधा सम्पन्न ल्याब सेवा सुचारू गरिएको छ ।
अब ल्याब सम्बन्धित कुनै पनि कल्चर गर्नु परेमा जिल्ला बाहिर जानु नपर्ने र काठमाडौंमा दिने सबै खालको सुविधा यहि उपलब्ध गराउने सन्चालकहरुले बताएका छन ।
जिल्लामा सुबिधा सम्पन्न अस्पताल नहुँदा यहाँका सामान्य बिरामीहरुलाई पनि रिफर गर्नु पर्ने बाध्यता रहेको थियोे । अहिले पोलिक्लिनिकमा सबै खालको स्वास्थ्य सेवा उपलब्ध गराएपछि अर्घाखाँचीबासीहरु हर्सित छन ।
ल्याब सेवाको बिधिबत उदघाटन हुनु पुर्व देखिनै स्वास्थ्य परिक्षण सुरु गरिएको छ । नयाँ ल्याब सेवाका बारेमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडेले जानकारी लिएका थिए ।