मालारानी गाउँपालिकालाई वातावरण मैत्री बनाईने

नबिन के.सी
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकालाई वातावरण मैत्री बनाउन लागी पर्ने व्यापारिहरुले प्रतिबद्धता जनाएका छन । 
पालिकामा रहेका व्यबसाययहरु वातावरण मैत्री बनाउनको लागी पालिका अध्यक्ष बालकृष्ण आचार्यले जोड दिएका छन । पालिकालाई दिउँसोमा बिक्रिबितरण गर्ने मदिरालाई रोक्नु पर्नेमा समेत आचार्यले जोड दिएका छन । 
कार्यक्रममा योजना अधिकृत नेत्र खनालले बातावरण मैत्रीकाम गर्नु पर्ने भन्दै पूर्ण सरसफाई युक्त पालिका बनाउन सबै लागनु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रम्मा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री , जनार्दन खनाल लगाएतले मन्तव्य राख्दै पालिकाका व्यबसायीहरु जडिबुटि तथा कृषि क्षेत्रमा समेत  व्यबसायीक रुपमा लागी आर्थिकरुपमा पालिकालाई सम्बृद्ध बनाउन लागनु पर्नेमा जोड दिएका थिए । 
पालिकाले गाउँपालिका भित्र रहेका व्यबसायीहरुलाई मगंलबार प्रतिनिधी मुलक रुपमा सहभागी गराई अन्तरक्रिया गरेको प्राबिधीक प्रमुख हरिशचन्द्र पाण्डेले जानकारी दिएका छन ।