अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची वैशाख २७ । सन्धिखर्कमा नेश्नल प्याथ ल्यावको शाखा सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले रिवन काटेर ल्यावको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै भुसालले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा ल्यावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘प्याथ ल्याव सञ्चालनमा आएपछि धेरै खाले रोगको निदान हुने भएको छ’ उनले भने, ‘बाहिरी जिल्ला गएर उपचार गराउनु पर्ने समस्या पनि हल हुने देखिन्छ ।’ उनले जिल्लामै स्तरीय स्वास्थ्य सेवा मिलेपछि गरिव विपन्न वर्गका नागरिकलाई राहत हुने बताए । ‘यस्ले सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रमलाई पनि सहयोग गर्ने विश्वास लिएको छु’ उनले थपे, ‘स्वास्थ्य क्षेत्रको विकासमा निजि क्षेत्रको भूमिका अग्रणि रहेको छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगन्नाथ तिवारीले नेश्नल प्याथ ल्यावको सञ्चालनले बिरामीहरुको उपचारका लागि थप टेवा पुग्ने बताए । उनले जिल्लामा प्याथ ल्यावको आवश्यकता रहेको बताउँदै सञ्चालनमा आउनु सबैको लागि सुखद भएको बताए । तिवारीले स्वास्थ्य संस्थाहरुले गरिव विपन्न वर्गका नागरिकलाई निशुल्क उपचार सेवा प्रदान गर्नु पर्ने बताए । ‘प्रत्येक स्वास्थ्य संस्थाहरुले १० प्रतिशत बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने कानूनी प्रावधान छ’ उनले भने, ‘यो संस्थाले पनि त्यतातर्फ ध्यान पु-याउँछ भन्नेमा पूर्ण आशावादी छु ।’
ल्यावका प्रबन्ध निर्देशक पवन जोशीले ०७० सालमा बुटवलबाट सेवा सुरु गरेको संस्थाले हाल भैरहवा, गुल्मी धनगढी, र दाङबाट सेवा दिइरहेको बताए । छठौं शाखाको रुपमा अर्घाखाँचीमा सेवा प्रदान गर्न लागेको उनले बताए ।
ल्यावका अध्यक्ष रुद्र बहादुर कार्कीले स्वास्थ्य क्षेत्रको विकासमा यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले सरकारी क्षेत्रलाई निजि क्षेत्रको सहयोग अपरिहार्य रहेको भन्दै नेश्नल प्याथ ल्यावले सरकारी अस्पताललाई सहयोग पु¥याउने बताए । ‘हामी १० प्रतिशत भन्दा धेरै बिरामीको निशुल्क उपचार गर्नेछौं’ उनले भने, ‘सम्पूर्ण गरिव विपन्न वर्गको नागरिकको निशुल्क उपचार गर्छौं ।’ अर्का सञ्चालक सरद भुसालले नेश्नल प्याथ ल्याव सबैको साझा संस्था भएको भन्दै सेवा भावका साथ आफूहरु काममा लाग्ने बताए ।