सन्धिखर्कमा सम्पन्न उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि गौरीशंकर वोर्डिङ्गलाई

अर्जुन भुसाल 
अर्घाखाँची  वैशाख २८ । प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलले जितेको छ । ५ स्वर्ण, एक रजत, १ कास्य गरि कुल ७ पदकका साथ गौरीशंकरले उपाधि उचालेको हो । 
यस्तै ४ स्वर्ण, ३ रजत गरि ७  अंकका साथ सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुल  द्वितिय भएको छ भने १ स्वर्ण र २ कास्य गरि कुल ३ पदकका साथ मदरल्याण्ड वोर्डिङ्ग तृतिय भयो । कुल १० स्वर्ण, १० रजत र १० कास्य गरि ३० पदकमा खेल भएको थियो । छात्र÷छात्रामा  १ सय, २ सय मिटर दौड, लङजम्प, त्रिपलजम्प र सटपुट खेल खेलाइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनार्दन गैरेले बताए ।
प्रतियोगितामा छात्रतर्फ ३ स्वर्ण प्राप्त गरि गौरीशंकरका  सुमन खड्का उत्कृष्ट खेलाडी बने । यस्तै छात्रातर्फ २ स्वर्ण र १ रजत  प्राप्त गर्दै सन्धिखर्क ग्रिनकी विपना रायमाझी उत्कृष्ट घोषित भइन । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका १४ वर्ष उमेर समुहका विद्यार्थी सहभागि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिए । उनले जिल्ला भरका १९ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएको बताए  । 
प्रतियोगितामा प्रथम,द्वतिय र तृतिय हुने विद्यालयलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले पुरस्कृत गरियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप डिसिले विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरे । पुरस्कार वितरण समारोहमा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख विकले खेल क्षेत्रको विकासले समग्र विकासमा ठूलो मद्दत पुग्ने बताए । उनले खेलकुदको विकासका लागि राज्यले प्रयाप्त वजेट विनियोजन गर्नु पर्नेमा जोड दिए । सन्धिखर्क नगरपालिकाले खेल क्षेत्रको विकासमा ध्यान पु-याएको उनले बताए । गौरीशंकर वोर्डिङ्गका प्रिन्सिपल गणेश क्षेत्रीले विद्यार्थी र खेल शिक्षकको मेहनतले उपाधि हात पार्न सफल भएको बताए । उनले प्रथम उपराष्ट्रपति चिल्ड्रेन खेलकुद प्रतियोगिताको उपाधि  जित्न  सफल हुनुलाई उपलव्धीको रुपमा लिएको बताए ।
 
वोर्डिङ्गले यसअघि राष्ट्रपति रनिङ्गशिल्ड, सन्धिखर्क रनिङ्गशिल्ड लगायतले ठूला प्रतियोगिताका उपाधि समेत हात पार्न सफल भइरहेको छ ।