बन्दले अर्घाखाँचीमा यातायात, कलकारखाना, उद्योग धन्दा,शैक्षिक संस्था र बजार ठप्प, जनजीवन प्रभावित

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ३० बैशाख (अर्घाखाँचीडट्कम) । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतवार विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।
अर्घाखाँचीमा यातायात, कलकारखाना, उद्योग धन्दा,शैक्षिक संस्था र बजार ठप्प रहेको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले शनिबार प्रेस बक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल वन्द गरिएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको अरुण–३ को शिलन्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ । त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनःनयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप रहेको समेत नेकपाले बताएको छ ।